२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा नयाँ प्रधानमन्त्रीको खोजी, सत्तारुढ दलको मतदान आज



अ+ अ-

काठमाडौं । जापानमा नयाँ प्रधानमन्त्रीका लागि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० मा आज बुधबार मतदान हुँदैछ । जापानका हालका प्रधानमन्त्री योशुहिडे सुगाले आफू प्रधानमन्त्री पदका लागि प्रत्यासी नरहेको घोषणा गरेसँगै दलको नेता छान्न मतदान हुन लागेको हो ।

कोभिड–१९ बाट संकट झेलिरहेको अर्थतन्त्रलाई उकास्ने, वासिङ्टनसँगको सम्बन्धलाई थप सुदृढ गर्ने तथा क्षेत्रीय सुरक्षामा उत्पन्न बढ्दो तनावलाई मत्थर बनाउनुपर्ने प्रमुख चुनौती नयाँ प्रधानमन्त्रीमाथि हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

वर्तमान प्रधानमन्त्री सुगामाथि कोरोनाभाइरसको नियन्त्रणका लागि अपनाएको नीति तथा कोभिड–१९ को महामारीबीच नै ओलम्पिक खेल आयोजना गरेको विषयलाई लिएर जापानमा तिखो आलोचना भइरहेको छ । आगामी दुई महिना भित्रै संसदको चुनाव हुन लागेकाले पनि आमजनताका सरोकारका विषयलाई सम्बोधन गर्न सत्तारुढ एलडिपीको नयाँ नेतृत्वसामु चुनौती थपिएको छ ।

बुधबार अपराह्न हुने पार्टीको मतदानमा पार्टी आबद्ध सांसदहरु र तल्लो तहका कार्यकर्ताले मतदान गर्नेछन् । मतदान भएको एक घण्टाभित्रै नतिजा पनि सार्वजनिक हुनेछ । तर पर्याप्त मत प्राप्त नभएको अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने तीन उम्मेदवारबीच दोस्रो चरणको मतदान हुनेछ । यस चुनावमा विजयी हुने व्यक्ति जापानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनेछन् किनभने जापानको संसदमा एलडिपीको बहुमत छ । 

चुनावमा खोप मन्त्री तारो कोनो र पूर्व विदेश मन्त्री फुमिओ किशिदा प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएको एपीले जनाएको छ । यस चुनावमा दुई महिला पनि प्रतिस्पर्धामा छन् । पूर्व प्रधानमन्त्री शिन्जो आबेले दक्षिणपन्थी धारकी महिला उम्मेदवार सानेई ताकेइचीलाई समर्थन गरेकाले उनलाई पनि बलियो उम्मेदवार मानिएको छ । तर सर्वेक्षणहरुले उनी तेस्रो विकल्पका रुपमा रहेको देखाएका छन् ।

लामो समय प्रधानमन्त्री रहनु भएका शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि योशिहिडे सुगा जापानको प्रधानमन्त्री भएका थिए । उनी गत सेप्टेम्बर १६, २०२० मा जापानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । झण्डै एक वर्षको अवधि प्रधानमन्त्री रहेपछि गत सेप्टेम्बर ३, २०२१ मा उनले सत्तारुढ एलडीपीको अध्यक्षमा नउठ्ने घोषणा गरेका थिए ।