३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपा मेयरका उम्मेदवार सृजना सिंहको प्रतिवद्धता, ‘भ्रष्टाचारमुक्त महानगर’ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सृजना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शनिबार नेपाली काँग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनु भएको हो । उहाँले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताउनु भयो ।

सिंहले सबै महिलाहरुको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाउनु भयो । उहाँले भन्नु भयो, ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ । आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाहरुको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।’

सिंहले आफूलाई नेपाली काँग्रसले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएको बताउनु भयो । सुरुमा मेयरका लागि नेपाल महिला संघ, काठमाडौंले प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको उहाँको दावी थियो । सिंहले भन्नु भयो, ‘मलाई थाहा थिएन । मेरो श्रीमानलाई त झन थाहा हुनै कुरै भएन । नेपाल महिला संघ, काठमाडौंमा मलाई मेयरमा उठनुपर्छ भनेर स्वतहःस्फूत रुपमा कुरा उठाएको हो । सधैभरी आरक्षणको कोटामा मात्रै महिलाहरु बस्नुपर्ने ।

अव मेयर र वडाध्यक्षहरु नै उठनुपर्छ र त्यसमा मेयरमा सृजना भाउजुलाई उठाउनुपर्छ भनेर नेपाल महिला संघ, काठमाडौले मलाई प्रस्ताव गरेको हो । त्यसपछि मेरा साथीहरुको पनि प्रेसर आयो । नेविसंघसहितका पार्टीको सबै भातृ संस्थाहरुबाट पनि दवाव आउन थाल्यो । पार्टीले सर्वसम्मत निर्णय गरेर मलाई मेयरको उम्मेदवार बनाएको हो । हो म गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती हुँ । त्यसमा मलाई गर्व छ ।’

गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको सिंहले बताउनु भयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनु भएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताउनु भयो ।