९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर बुधबार दिउँसो सुष्मा प्रोडक्शन ग्लोबल च्यानलमार्फत युट्युबमा सार्वजनिक भएको हो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल लगायत कलाकारको भूमिका रहेको छ ।

कबड्डी–४ को रिलिज डेट परिवर्तन भएको छ । अब ‘कबड्डी–४’ दर्शकले जेठ १३ गते हेर्न पाउनेछन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण पूर्व निर्धारित मितिमा चलचित्र प्रदर्शन गर्न नसकिएको निर्देशक रामबाबु गुरुङले जनाएका छन् ।