११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलग समूह बनाएर एमालेसँग तालमेल गरेको भन्दै कांग्रेस नेता मल्ल पार्टीबाट निष्कासित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं प्रदेश सदस्य कर्णबहादुर मल्ललाई पार्टीले निष्कासन गरेको छ ।

उनले अलग पार्टी नेपाली कांग्रेस वीपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेलधुरामा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए ।

पार्टीको विधान २०१७ (संशोधन सहित) विपरितका गतिविधि मल्लबाट भएकाले सदस्यसमेत नरहनेगरी हटाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

पार्टी सभापति शेर बहादुर देउवाकै गृहजिल्लामा मल्लले कांग्रेस विरुद्ध बागी उम्मेदवार उठाएर एमालेसँग चुनावी तालमेल गरेका हुन् । उनकै पहलमा त्यहाँ एमालेलाई ४ र कांग्रेस विपीलाई ३ पालिका मिलेको छ ।