२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन: बिभिन्न दलका ४० उम्मेदवार निर्विरोध



अ+ अ-

काठमाडौँ I स्थानीय तह निर्वाचनका अन्तरगत बिभिन्न दलका ४० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा हुनेछ । निर्बाचन आयोगको कार्यतालीका अनुसार उम्मेदवारी फिर्ताको समय सकिएपछि मात्र उनीहरु निर्विरोध भएको घोषणा हुनेछ ।

मुस्ताङमा १८, गोरखामा ७, डोल्पामा ५, ताप्लेजुङमा ५ र मनाङमा ५ जनाको एकल उम्मेदवारी परेको छ । डोल्पाको छार्का ताङसाङ गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका सेनाङ गुरुङ र उपाध्यक्षमा एमालेका कार्मा सिन्दुल गुरुङको मात्र उम्मेदवारी परेको छ  ।

यसैगरी डोल्पा कै काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगत राना र उपाध्यक्षमा कांग्रेसका लिमी रोका तथा शेफोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका धावा छन्दुक गुरुङको एकल उम्मेदवारी परेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा वडाध्यक्षमा छेतेन लामा शेर्पा वडा सदस्यमा टाँसी शेर्पा र वाङया शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाम्फे विश्वकर्माको मात्र उम्मेदवारी परेको छ ।

यसैगरी मनाङको मनाङ ङिस्याङ गाउँपालिका–३ को वडाध्यक्षमा कृष्ण लामा (स्वतन्त्र) वडाध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ । त्यस्तै मनाङकै ङिस्याङ गाउँपालिका–९ को वडाध्यक्षमा च्योल्पा गुरुङ र ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवारी परेको छ । त्यस्तै मनाङकै चामे गाउँपालिका–१ मा एमालेका खड्कजंग गुरुङ र २ मा कांग्रेसका मंगलदेव गुरुङको पनि वडाध्यक्षमै एकल उम्मेदवारी परेको छ ।

यसैगरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतको वडाध्यक्षसहितका चार पद र वडा १ सामागाउँको ३ सदस्य पदमा एकल उम्मेदवारी परेको छ । वडा ६ को अध्यक्षमा माओवादीका २८ वर्षीय सरोज लामाको एकल उम्मेदवारी परेको छ ।
चुमनुव्री–१ सामागाउँबाट पासाङ लामा, डोल्मा लामा र कर्मा सन्दुकको वडा सदस्यमा एकल उम्मेदवारी परेको छ ।

यस्तै मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको तीन वडामा पनि एकल उम्मेदवारी परेको छ । वडा १ मा वडाध्यक्ष पदमा एमालेका टसीढिन्डु ठकुरीको एकल उम्मेदवारी परेको छ । यो वडामा सदस्य पदमा एमालेकै एक र कांग्रेसका २ सदस्यको पनि एकल उम्मेदवारी परेको छ । वडा ३ मा वडाध्यक्षमा एमालेकै झियानतिजिन गुरुङको एकल उम्मेदवारी परेको छ ।

यो वडामा सदस्य पदमा एमालेका ३ र कांग्रेसका एक सदस्यको पनि एकल उम्मेदवारी परेको छ । त्यस्तै वडा ४ मा वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको एकल उम्मेदवारी परेको छ । त्यस्तै ४ जना वडा सदस्यका लागि पनि एकल उम्मेदवारी परेको छ । २ नम्बर वडामा पनि एमालेको तीन र कांग्रेसका एक सदस्यको एकल उम्मेदवारी परेको छ ।