२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी



अ+ अ-

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले)बाट महानगर प्रमुखमा विजयकुमार सरावगी र जनता समाजवादी पार्टी (जसपा)बाट राजेशमान सिंहले तथा उपप्रमुखमा सरावगीको प्यानलबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहको प्यानलबाट नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

वीरगञ्जमा कांग्रेस र जसपाबीच चुनावी तालमेल भएको छ । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच समेत चुनावी तालमेल भएको छ । जसपाका सिंहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतसहितका साथमा रही प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरी, स्वतन्त्रबाट प्रभात सिंह, जमिलराय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सञ्जिवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह र रोज मियाँ अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । वीरगञ्ज महानगरपालिकामा कूल एक लाख २४ हजार ६४७ मतदाता छन् ।