काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र सार्वजनिक नगर्ने भएको छ ।
अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरेपनि माओवादी केन्द्रले भने स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने जनाएको हो ।
माओवादीले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । सोही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने भएको हो ।
माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् ।
ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।