२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

“सफा हिमाल अभियान २०२२” को टोलीहरु आधार शिविरमा



अ+ अ-

काठमाडौँ । सगरमाथा, ल्होत्से, कञ्‍चनजंघा र मनास्लु गरी ४ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल अभियान २०२२” मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरु योजनानुसार आ-आफ्नो आधार शिविर (Base Camp)मा पुगेका छन् ।

सफाइ अभियान अन्तर्गत सगरमाथारल्होत्सेमा खटिएका टोली मिति २०७९/०१/०१ गते, कञ्‍चनजंघामा खटिएका टोली ऐ.०८ गते र मनास्लुमा खटिएका टोली ऐ.०९ गते आधार शिविर (Base Camp) मा पुगेका हुन् ।

आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्‍चात स्थानीय संस्कार अनुसारको पुजाआजा सम्पन्‍न गरेका छन् । बेश क्याम्प पुगे पश्चात उक्त टोलीहरुले फोहोर संकलन गर्ने कार्य शुरु गरेका छन् ।

हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीहरुसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन कार्य मिति २०७९ जेष्ठ २२ गतेसम्म संचालन गर्नेछन् ।