२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट १३ औं साफ च्याम्पियनसिप सुरु, माल्दिभ्सविरुद्ध नेपाल मैदानमा उत्रँदै



अ+ अ-

काठमाडौं । आज (शुक्रबार) बाट साफ च्याम्पियनसिपको १३ औं संस्करण माल्दिभ्समा सुरु हुँदैछ। यस वर्षको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको जसमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंका रहेको छ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल हुनेछ । 

पहिलो दिन शुक्रबार श्रीलंका र बंगलादेश भिड्ने छन् भने दास्रो देलमा खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध खेल्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रँदै गर्दा नेपाल राम्रो सुरुवातमा रहन चाहन्छ ।

पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्सँग पराजित हुँदै फाइनल पुग्नबाट बञ्‍चित भएको थियो । 

नेपाली टिमः किरण कुमार लिम्बु,  सुरज ज्यु ठकुरी, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, नितिन थापा, विशाल राई, आशिष लामा, सुमन लामा, तेज तामाङ, सुनिल बल, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा, रोहित चन्द, पुजन उपरकोटी रहेका छन् ।

कुवेती प्रशिक्षक अबुदुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले यस पटक लामो तयारी गरेको छ ।