२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काममा फर्किए गभर्नर अधिकारी



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । मङ्गलबार सर्वोच्च अदालतले गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी काममा फर्किएका हुन् ।

सर्वोच्चको आदेशसँगै बुधबार काममा फर्किएका उनले सर्वोच्चको आदेश आफ्नो पक्षमा नभएर सिस्टम (प्रणाली) को पक्षमा आएको बताए ।

उनका अनुसार आफू एउटा माध्यम मात्र भएको र आदेश सिस्टमका लागि आएको हो । “यहाँहरु सबैले मेरा लागि भन्दा पनि सिस्टमका लागि बोलिदिनुभएको छ, त्यसका लागि कृतज्ञ छु, अब म आफ्नो जिम्मेबारीमा फर्किएको छु”, बुधबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरुले स्वागत गर्दा उनले भने ।

गत चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । सरकारको निर्णयविरुद्ध उनले यही वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

अदालतले अधिकारीको निलम्बनको विषयमा छलफल गर्न यही वैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ ।