४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलमुताइरी रबैया कहिले सम्म ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय टोलीको खेल वा प्रशिक्षणमा प्रशिक्षक सर्वेसर्वा हुन । प्रशिक्षकको निर्देशनमा खेलाडीको खेल्ने शैली बन्छ । तर फुटबलका प्रशिक्षक अबदुल्ला अलमुताइरी खेल वा प्रशिक्षणमा मात्र होइन अन्य विषयमा पनि हावी हुने गरेका छन । शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा पनि उनै बढी सक्रिए भए । त्यति मात्र होइन पत्रकार सम्मेलन अघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भने । जुन उनको दायरा भन्दा बाहिर थियो ।

दुई चरणमा पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरी एउटा सत्रका लागि १० मिनेट दिएका थिए । पहिलो सत्रमा अधिकांश प्रश्नको जवाफ खेलाडी सुजल श्रेष्ठले दिएपछि बाँकी ३ खेलाडीलाई सोध्न नपाउँदै अलमुताइरीले समय सकिएको भन्दै खेलाडीलाई बाहिर पठाए । उनको त्यो प्रस्तुतिले उपस्थित पत्रकार रनभुल्ल बने ।

सबै पेशाका आ–आफ्नो दायित्व र मर्यादा हुन्छन । सर्वाजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार पत्रकारसँग रहन्छ । यद्दपी आचारसंहिताको ख्याल उनीहरुले पनि गर्नु पर्छ नै । तर, पत्रकार सम्मेलन सुरु हुन अघि नै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने वा नगर्न भन्ने घटना कमै सुनिन्छन । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले शनिबार एएफसी एसियन कप तयारीमा रहेका खेलाडीसँग अन्र्तवार्ता अघि पत्रकारलाई यो सोध्नु र नसोध्नु भन्दै सिकाउँदा उनको हावी नेपाली सञ्चार माध्ययमा छर्लङ भएको हो ।

त्यति मात्र होइन पत्रकार सम्मेलन अघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भनेका थिए । जव की पत्रकार सम्मेलन नेपाल डेढ महिना पछि हुने एएफसी एसियन कप छनोट खेलको तयारीको विषयमा रहेको थियो । पहिलो दिन नेपाली टोली आसन्न एएफसी एसियन कपमा छनोट हुन सक्दैन भन्दै अभिव्यक्ति दिएका उनले दोस्रो दिन खेलाडीसँगको अन्र्तवार्ता अघि अर्को अपाच्य ब्यवहार देखाएका हुन । १० मिनेट तोकिए पनि एउटै खेलाडीलाई धेरै प्रश्न सोधिकएको भन्दै बीचबाट खेलाडीलाई फोरमाबाट उठाउँदा अलमुताइरीलको अहंमता नांगिएको हो । सँगै फोरमा उपस्थित भएका खेलाडी प्रशिक्षकको हाउभाउ देखेर आफै आश्चर्यमा पनि परेका थिए । खेलाडीका लागि समयको पावन्दी लगाएका अलमुताइरीले यस अघि अघिल्लो दिन आफ्नो पत्रकार सम्मेलनमा भने समय सिमा थिएन । आधा घण्टा भन्द बढी समय पत्रकार सम्मेलनमा विताएका अलमुताइरीले आफ्नो दायरा भन्दा बाहिर गएर फुटबलको सर्बोच्च निकायको कार्यशैलीमा पनि प्रश्न गरेका थिए ।

कहिले अनुसासन त कहिलो अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग झमेलामा फस्ने गरेका छन् । पटक पटक विभिन्न कारणले विवादमा पर्दै आएका छन भने सञ्चार माध्यमको टिका टिप्पणीलाई खरो रुपमा आलोचना गर्दै आएका छन् ।