२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको लागि एमाले आवश्यक छः अध्यक्ष ओली



अ+ अ-

लमजुङ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विकासका लागि स्थानीयदेखि सङ्घीय निर्वाचनमा एमालेको जीत आवश्यक रहेको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा एमालेको सरकार रहँदा देशमा विकास गरेको दाबी गर्दै उहाँले वर्तमान सरकारले १० महिनामा विकासको गति दिन नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, संविधानसभा सदस्य तथा पार्टी सचिवलय सदस्य डा भिष्मनाथ अधिकारी, संविधानसभा सदस्या तथा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश कमिटि सचिव तथा प्रदेशसभा सदस्य धनञ्जय दवाडी लगायतको उपस्थिति रहेको थियो ।