६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिकका संस्थापक चौधरीको मुटुको शल्यक्रिया सफल



अ+ अ-

काठमाडौं । परिवारसँग छुट्टी मनाउन दुबई पुग्नुभएको बखत स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित हुनुभएका नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उहाँको मुटुको शल्यक्रिया भएको हो । 

शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । सर्जरीपछि हाल उहाँ पोस्ट अपरेटिङ केयरमा हुनुहुन्छ । अब २ दिन सो युनिटमा राखेर उहाँलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । 

उहाँ केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई जानुभएको थियो । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना हुनुभएको थियो । सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उहाँको मंगलबार शल्यक्रिया गरिएको थियो ।