३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका प्रधानमन्त्री सुगाको राजीनामा, आजै किसिदा १०० औं प्रधानमन्त्री बन्दै



अ+ अ-

जापान, टोकियो । जापानका प्रधानमन्त्री योसिहिदो सुगाले पदबाट राजीनामा दिएका छन्। जापानको राजधानी टोकियोमा आज बिहान बसेको मन्त्रीपरिषदको बिशेष बैठकमा सुगाले राजीनामा दिएको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउदै अघिल्लो वर्ष  राजीनामा दिएपछि सुगा नया प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कुल ३८४ दिन प्रधानमन्त्रीको पदभार सम्हालेर सुगाले राजीनामा दिएका हुन् ।

नया प्रधानमन्त्री चयनका लागि आजै दिउसो संसदको बिशेष अधिबेशन सुरु हुदैछ । गत महिनाको २९ तारिख सम्पन्न भएको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको अधेबेशन बाट किसिदा फुमिओ नेतृत्वमा आएका छन् । 

आज हुने संसद्को बिशेष अधिबेशन बाट किसिदा फुमिओ जापानको १०० औँ प्रधानमन्त्री बन्दैछन । नया बन्ने प्रधानमन्त्रीले मन्त्रीहरुको नाम समेत टुङ्गाइसकेका छन् । किसिदा क्याबिनेटमा सुगा क्याबिनेटका २ मंत्री बाहेक अरु नया अनुहार प्रवेश गर्ने पक्कापक्की भैसकेको छ । (दीपक गौतम)