३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका प्रधानमन्त्री सुगाको राजीनामा, आजै किसिदा १०० औं प्रधानमन्त्री बन्दै



अ+ अ-

जापान, टोकियो । जापानका प्रधानमन्त्री योसिहिदो सुगाले पदबाट राजीनामा दिएका छन्। जापानको राजधानी टोकियोमा आज बिहान बसेको मन्त्रीपरिषदको बिशेष बैठकमा सुगाले राजीनामा दिएको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउदै अघिल्लो वर्ष  राजीनामा दिएपछि सुगा नया प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कुल ३८४ दिन प्रधानमन्त्रीको पदभार सम्हालेर सुगाले राजीनामा दिएका हुन् ।

नया प्रधानमन्त्री चयनका लागि आजै दिउसो संसदको बिशेष अधिबेशन सुरु हुदैछ । गत महिनाको २९ तारिख सम्पन्न भएको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको अधेबेशन बाट किसिदा फुमिओ नेतृत्वमा आएका छन् । 

आज हुने संसद्को बिशेष अधिबेशन बाट किसिदा फुमिओ जापानको १०० औँ प्रधानमन्त्री बन्दैछन । नया बन्ने प्रधानमन्त्रीले मन्त्रीहरुको नाम समेत टुङ्गाइसकेका छन् । किसिदा क्याबिनेटमा सुगा क्याबिनेटका २ मंत्री बाहेक अरु नया अनुहार प्रवेश गर्ने पक्कापक्की भैसकेको छ । (दीपक गौतम)