३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाली राष्ट्रपति र जोर्डनका राजाबीच फोनवार्ता



अ+ अ-

दमासकस । सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरुले जनाएका छन् । जोर्डनका ती सञ्चारमाध्यमहरुले उहाँहरुबीच गएको १० वर्षयता पहिलो पटक फोनमा कुराकानी भएको बताएका छन् ।

गएको १० वर्षअघिदेखि सिरियामा युद्ध र नागरिकको ज्यान क्रम जारी रहेको छ । यहाँका नागरिकले सिरियाली राष्ट्रपति असदको राजीनामाको माग गर्दै आन्दोलन जारी राखेका हुन् । आन्दोलनका कारण यहाँका चार लाख भन्दा बढी व्यक्तिको ज्यान गएको बताइएको छ ।

लाखौैको संख्यामा नागरिकहरु घाइते भएका छन् ।  दशौं लाख सर्वसाधारण आफ्नो देश र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् । आइतबारको फोनवार्ताका क्रममा उहाँहरुबीच दुई देशबीचको सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको सिरियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत् जनाइएको छ । (रासस-सिन्ह्वा)