९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविताको हत्यामा संलग्न सार्वजनिक



अ+ अ-

काठमाडौं । बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

कविताको हत्यामा संलग्न रहेकामा बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर कविताको हत्यामा संलग्न भएको पुष्टि गर्दै सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

कोशी जनता माविमा कक्षा १० मा अध्ययरत कविता एसइईको तयारी गर्ने क्रममा मङ्गलबार बिहानै ४ बजे ट्युसन पढ्न स्कुल गएकी र स्कुलमा पनि नपुगेको तथा उनको शव मङ्गलबार बिहान ५ः३० बजेतिर घरभन्दा दुई किलोमिटर पर जशोदा खोलाको किनारमा मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल अनुसन्धनाको क्रममा प्रहरीले सरिता र विनोदलाई पक्राउ गरेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताउनुभयो । मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा कविता हत्यामा संलग्नमध्ये विनोदलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार कविता र सरिता दुवै कक्षा १० मा कोशी जनता मावि बेलकामा अध्ययरनत रहँदै आएको प्रहरीले बताएको छ । कविता र सरिताबीच केही द्वन्द्व रहेको र कविताले सरितालाई नराम्रा कुरा गर्ने गरेको कारण सरिताले सहन नसकेर ठूलाबुबाको छोरा विनोद ढकाललाई भनेर कविताको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान कवितालाई सरिताले मोबाइलमा एसएमएस गरेर चाँडै ट्युसन जान खबर गरेको र सरिताले दाजु विनोदलाई पनि सँगै लिएर पर जङ्गलसम्म गएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।

बाटोमा कविता र सरिताको भेट भएपछि पछाडिपट्टिबाट विनोदले लुकाएर बोकेको बियरको बोतलले कविताको टाउकामा हानेपछि कविता भुइँमा बेहोस भई लड्न पुगेको तथा सोही क्रममा सरिता र विनोदले नजिकैको जशोदा खोलाबाट केही ढुङ्गा बोकेर ल्याई कविताको टाउको र अनुहारमा हानेपछि कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतको आदेशानुसार हत्यामा संलग्न विनोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कविताको हत्याको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाउन तयारी गरेको र सरितालाई भने बालगृहमा राखेर मुद्दा चलाउने तयारी भएको प्रहरीले बताएको छ । रासस