१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा तालमेल गर्ने सत्ता साझेदार दलको निर्णय



अ+ अ-

कञ्चनपुर । सत्तारूढ गठबन्धनमा सहभागी यहाँका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा आजव बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका छन् । “तालमेलबारे सामान्य छलफल भएको छ”, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले भन्नुभयो, “सहकार्य गर्न सतारूढ सबै दल सहमत छौँ, तालमेलबारे विस्तृत छलफल गरी टुङ्गोमा पु¥याउनका लागि अर्को बैठक चैत २३ गते राख्ने निर्णयसमेत भएको छ ।”

राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरुको भनाइ रहेको छ । “यसको आङ्कलन गरिनेछ, त्यसै आधारमा तालमेल हुन्छ”, बैठकमा सहभागी नेताहरुले भन्नुभयो ।

आगामी बैठक चैत २३ माओवादी केन्द्रको कार्यालयमा बस्ने निर्णय गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा आज बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा ९एकीकृत समाजवादी०का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।