२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बी’ डिभिजन लिगः चर्च ब्वाइजले आरसिटीलाई हरायो



photo : church boys united
अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित (अखिल नेपाल फुटबल सङ्घ) एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम (आरसिटी)लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । चर्च ब्वाइजको जीतमा कुवेर न्यौपाने र आशिष चापागाईँले गोल गरे ।

खेलको ५२औँ मिनेटमा कुवेरले गोल गर्दै चर्च ब्वाइजलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औँ मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए । यस जीतसँगै चर्च ब्वाइजले १० खेलमा २० अङ्क जोड्दै अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ ।

समान खेल खेलेको आरसिटीको १५ अङ्क छ । आरसिटी अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।