२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेटीआई जुनियर ओपन टेनिस प्रतियोगितामा सन्जोग र शिभाली पहिलो



अ+ अ-

काठमाडौं । सन्जोग ब्लोन र शिभाली गुरुङ दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । सन्जोग यु–९ ब्वाइज सिंगल्स तथा शिभाली यु–१० गल्र्स सिंगल्समा पहिलो भएका हुन् ।

धापासीस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भइरहेको प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा सन्जोगले साम्खाहाङ राईलाई ५–४ ९५०, ४–५ ९५० र १०–१ ले पराजित गरे । सोही उमेरसमूहको स्पर्धामा आयुश्री हजुर घले र मेरिशा थापाले फाइनलमा स्थान पक्का गरे ।

यु–१० गल्र्स सिंगल्सको उपाधि भिडन्तमा शिभालीले आयुशा जिसीलाई ६–१ र ६–० को सोझो सेटमा हराइन् । यु–१४ गल्र्स सिंगल्समा सुनिरा थापा, जेनी खड्का, आध्या पौडेल र प्रशंसा मोक्तान सेमिफाइनलमा पुगे । यु–१२ गल्र्स सिंगल्समा नाला मास्के, कर्मिस्था श्रेष्ठ, समृद्धि महर्जन र प्राज्ना मानन्धरले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१२ ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठ, निशाद जोशी, श्रृजन भट्टराई र बोरिस अधिकारीले सेमिफाइनल यात्रा तय गरे । प्रणव मानन्धर, निश्चल कायश्थ, आयुशमान हजुर घले र राजवीर प्रधानले यु–१४ ब्वाइज सिंगल्सतर्फ सेमिफाइनलमा स्थान पक्का गरे ।