२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेटीआई जुनियर ओपन टेनिस प्रतियोगितामा सन्जोग र शिभाली पहिलो



अ+ अ-

काठमाडौं । सन्जोग ब्लोन र शिभाली गुरुङ दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । सन्जोग यु–९ ब्वाइज सिंगल्स तथा शिभाली यु–१० गल्र्स सिंगल्समा पहिलो भएका हुन् ।

धापासीस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भइरहेको प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा सन्जोगले साम्खाहाङ राईलाई ५–४ ९५०, ४–५ ९५० र १०–१ ले पराजित गरे । सोही उमेरसमूहको स्पर्धामा आयुश्री हजुर घले र मेरिशा थापाले फाइनलमा स्थान पक्का गरे ।

यु–१० गल्र्स सिंगल्सको उपाधि भिडन्तमा शिभालीले आयुशा जिसीलाई ६–१ र ६–० को सोझो सेटमा हराइन् । यु–१४ गल्र्स सिंगल्समा सुनिरा थापा, जेनी खड्का, आध्या पौडेल र प्रशंसा मोक्तान सेमिफाइनलमा पुगे । यु–१२ गल्र्स सिंगल्समा नाला मास्के, कर्मिस्था श्रेष्ठ, समृद्धि महर्जन र प्राज्ना मानन्धरले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१२ ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठ, निशाद जोशी, श्रृजन भट्टराई र बोरिस अधिकारीले सेमिफाइनल यात्रा तय गरे । प्रणव मानन्धर, निश्चल कायश्थ, आयुशमान हजुर घले र राजवीर प्रधानले यु–१४ ब्वाइज सिंगल्सतर्फ सेमिफाइनलमा स्थान पक्का गरे ।