९ मंसिर २०८१, आईतवार
,
Latest
आईपीएल अक्सनः रबाडा १० करोड ७५ लाखमा गुजरातमा अनुबन्धित आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कोहलीको ३०औँ टेस्ट शतक, डन ब्राडम्यानलाई पछि पारे चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा कोरोना सङ्क्रमण घटेन,  एकै दिन करिब ४० हजार सङ्क्रमित



अ+ अ-

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ ।  बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् । 

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४३ जनाको मृत्यु भएको छ । 

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्ति एकै दिन मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । 

यहाँका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।  

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको बताउनुभएको छ । उहाँले हरेक दिन कम्तीमा पनि ३५ हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएकोले सबैलाई सतर्क रहन आग्रह पनि गर्नुभएको छ । (रासस-सिन्ह्वा)