२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले पाँचौँ बिम्स्टेक सम्मेलनलाई बुधबार सम्बोधन गर्ने



प्रधानमन्त्री शेर बहादुर देउवा
प्रधानमन्त्री शेर बहादुर देउवा
अ+ अ-

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, मुख्यसचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का यही चैत १५ गते श्रीलङ्काको कोलम्बोमा हुने बिम्स्टेकको १८ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुहुनेछ । त्यहाँ रहँदा उहाँले बिम्स्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । बैठकमा भाग लिन मन्त्री खड्का यही चैत १४ गते कोलम्बो प्रस्थान गर्ने तथा चैत १७ गते काठमाडौँ फर्कनुहनेछ ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख घनश्याम भण्डारीे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही चैत १४ गते हुने बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २२ औँ बैठकमा शारीरिक रूपमा सहभागी हुनेछ ।

पाँचौँ बिमस्टेक शिखर सम्मेलन र त्यसअघिका बैठकहरू कोलम्बोमा चैत १४ देखि १६ ‘हाइब्रिड’ ढाँचामा आयोजना हुँदैछ । यस वर्षको शिखर सम्मेलनको नारा ‘स्वस्थ्य जनता,उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ रहेको छ । रासस