२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेटले निजी क्षेत्रको विद्यमान समस्या समाधान गर्नुपर्नेमा अर्थ समितिको जोड



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने उद्योगी, व्यवसायीहरुले बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिले बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग गरेको छलफलमा बोल्दै उद्योगी, व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको विद्यमान समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय समिति सदस्य सन्दीपकुमार अग्रवालले आगामी बजेटमा निर्यात प्रवद्र्धन र आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशी मुद्रा आर्जनको आधार तयार गर्न ऊर्जा, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले नेपालमा भारतीय रुपैयाँ पाँचसय र दुई हजारको नोट नेपालमा पनि चल्तीमा ल्याउनुपर्ने बताउनुभयो । अग्रवालले हरेक नेपालीको वैध सम्पतिलाई एकपटक राज्यले अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो । पुर्खाले वैध रुपले आर्जन गरेको सम्पतिपनि नेपालको पछिल्लो कानून अनुसार अवैध बनाएको भन्दै उहाँले राज्यले वैध सम्पतिलाई एकपटक अभिलेखिकरण गर्न दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आगामी आर्थिक वर्षको बजेटको लागि मुख्यगरी निर्यात प्रवद्र्धन कसरी गर्ने, र आयातलाई बिस्तारै प्रतिस्थापन गर्नुपर्ने र हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने । विदेशी मुद्रा आर्जनको आधार तयार गर्नु आगामी आर्थिक वर्षको बजेटमा उद्देश्य हुनुपर्छ । विदेशी मुद्रा आर्जन गर्नलाई ध्यान दिनुपर्ने क्षेत्र पर्यटन क्षेत्र हो । ऊर्जा, वैदेशिक रोजगारी, प्राकृतिक स्रोत, कृषि र शिक्षालाई हामीले प्राथमिकतामा राखी कार्य गर्नुपर्छ । पर्यटनमा पूर्वाधारको तयारी गर्नुपर्ने । भारतीय पर्यटकको क्रेडिड कार्ड, डेभिट कार्ड प्रयोग गर्दाखेरी समस्या देखिराखेको । त्यो कार्डको समस्या निराकरण गर्नुपर्ने । भारु पाँच सय र दुइहजारको सटही गरिराखेको छैन, यो नोटलाई नेपालमा चलन चल्तीमा ल्याउनुपर्ने देखिन्छ । हरेक नेपालीले शुन्य दरमा आफ्नो सम्पती अभिलेखिकरण गर्न दिनुप¥यो । हाम्रो पुर्खाले आर्जन गरेको सम्पती वैध सम्पति छ तर आजको नयाँ कानून आउँदा अवैध देखिएको छ । त्यो सम्पति पुर्खाले कर तिरेर नै आर्जन गर्नुभएको छ । सम्पति वैध भए पनि अवैध देखिइराखेको छ । राज्यलाई पनि थाहा हुनुपर्छ हरेक नेपालीसँग कति सम्पति छ । वैध सम्पतिलाई एकपटक अभिलेखिकरण गरिदिनु पर्छ । मैले वैध सम्पतिको कुरा गरेको कालो धनलाई सेतो बनाउने कुरा गरेको होइन ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको बजेट चुस्त, दुरुस्त बनाउनुपर्ने बताउनुभयो । बजेटलाई उत्पादनमुखि बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले करको दायरा बढाउनुपर्ने र सामाजिक सुरक्षा भत्ता कोही व्यक्तिलाई पनि दोहोरो दिनु नहुने बताउनुभयो । बैंकको व्याजको ठूलो समस्या रहेको भन्दै उहाँले व्याजदरलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘बजेट सकेसम्म चुस्त, दुरुस्त र हुनसक्ने बजेट हामीले बनाउनुपर्छ । ठुलो आकारको बजेट बनाएर बिच–बिचमा सच्याउने काम गर्नुहुन्न भनेर म राख्न चाहान्छु । हाम्रो आयातमुखि बजेट छ, यसलाई उत्पादनमुखि बनाउनु आवश्यक छ । बजेट कार्यान्वयनको अवस्था तिन÷तिन महिनामा पुनरावलोकन गर्ने गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता कोही व्यक्तिलाई डबल नहोस् । करको दायरा बढाउनका लागि नागरिकता सँगसँगै प्यान कार्ड पनि बाड्ने । सबैको हातमा प्यान होस् । यसको दायरालाई बढाउनुपर्छ । करको दायरा बढाउन घरजग्गा कारोबारका ब्रोकरहरुलाई पनि ब्रोकर कम्पनी लाइसेन्स दिएर कारोबार बढाउनुपर्छ । बैंकिङ च्यानलबाट आएको रेमिट्यान्सको १० प्रतिशत वैदेशिक रोजगार कोष खडा गरेर पूर्वाधार विकास र जलस्रोत विकासमा लगाइदिने । ठुलो समस्या बैंक व्याजको भएको छ । दुई अंकको आर्थिक वृद्धि गर्न एक अंकको व्याजदर हुुनुपर्छ । व्याजदरलाई व्यवस्थित गर्नुपर्छ ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले देशमा तरलताको समस्या र विदेशी मुद्रा सञ्चितिको समस्या रहेको औँल्याउनुभयो । उहाँले राष्ट्र बैंकको नीतिले निजी क्षेत्र हतोत्साही भएको बताउनुभयो । निजी क्षेत्रलाई हतोत्साही बनाएर आर्थिक समृद्धिको कल्पना गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘देशको मुख्य समस्या दुईवटा छ, एउटा तरलताको समस्या । अर्को विदेशी मुद्राको सञ्चितिको समस्या । सरकारको नीति हेर्दा आर्थिक गतिविधि बिस्तार गर्न सक्छौँ ? राष्ट्रबैंकका पछिल्ला नीतिहरुले, आज एकैचोटी आयातलाई बन्द गरेर आयात प्रतिस्थापन गर्न सक्दैनौँ । राष्ट्रबैंकले छलफल नगरीकन नियमहरु निकाल्यो । राष्ट्रबैंकको नीतिले निजी क्षेत्रको मनोबल हतोत्साहि भएको छ । नीजि क्षेत्रको मनोबल हतोत्साहि भएको बेलामा आर्थिक समृद्धिको कल्पना गर्न कतिको उचित हुन्छ ?’
होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटलहरुलाई उत्पादनमूलक उद्योग सरहको सेवा, सुविधाहरु प्रदान गर्न सरकारसँग माग गर्नु भयो । होटलको लगानीको आकार हेरी पुर्नकर्जाको सीमा २० करोडबाट दायरा बढाउनुपर्ने उहाँले बताउनुभयो । व्यवसायीलाई न्युन व्याजदरको व्यवस्था हुनुपर्ने पनि राणाले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आर्थिक वर्ष २०७८/७९ को बजेटले होटललाई उत्पादनमुलक उद्योग सरहको सुविधाहरु प्रदान गर्ने व्यवस्था भएकोमा हालसम्म कार्यान्वयन हुन नसकेको आयकर ऐन २०५८ बमोजिम उत्पादनमुलक उद्योगलाई प्रदान गरिएको सम्पूर्ण सुविधा होटल उद्योगलाई उपलब्ध गराउने गरी २०७९/८० को बजेटमा समावेश गरी कोभिडबाट क्षतविक्षत उद्योगलाई पुर्नस्थापना सहयोग हुनुपर्ने । होटलहरुको लगानीको आकार हेरी पुर्नकर्जाको सिमा २० करोडबाट बढाई दायरा फराकिलो पारिनुपर्ने । अति प्रभावित होटल उद्योगका लागि छुट्टै रोजगार संरक्षण कोष र पर्यटन विकास कोषको व्यवस्था हुनुपर्ने । न्युन व्याजदरको विशेष व्यवस्था गरिनुपर्ने ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद मोती दुगडले देशमा आर्थिक संकट घोषणा गर्ने अवस्था आइसकेको बताउनुभयो । सरकारले निजी क्षेत्र र सम्पूर्ण राजनीतिक दलहरुसँग देशको आर्थिक अवस्थाको बारेमा छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिलेको सरकारले किन सल्लाह, सुझाव लिइराखेको छैन ? देशमा आर्थिक संकट घोषणा गर्ने अवस्था आइसकेको छ । सरकार किन चुप लागेर बसिरहेको छ ? सबैलाई बोलाएर सल्लाह गरेर सर्वदलीय सम्मेलन हुनुपर्छ । नीजि सल्लाह, सुझाव लिएर काम गर्नुपर्छ ।’ उहाँले सरकार निजी क्षेत्रसँग सल्लाह, सुझाव लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।