२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पीएनजीसँग पराजित



नेपाली क्रिकेट टाेली
अ+ अ-

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई पराजित गरेको छ ।

शुक्रबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली पीएनजीले नेपाललाई ६ रनले हराएको हो ।

२९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २८६ रन जोड्यो । नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर रहेको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ बलमा ३२, अनिल शाहले २१ बलमा ६, देव खनाल ६ बलमा शून्य रन, दिपेन्द्र सिंह ऐरीले १७ बलमा १५, रोहित पौडेलले १०७ बलमा १२६, आरिफ शेखले ६४ बलमा ३४, भिम सार्कीले १८ बलमा १७, पवन शर्राफले १० बलमा ७ रन जोडे । यस्तै सोमपाल कामी १६ बलमा १८ तथा कमल ऐरी १५ बलमा १८ रनमा अविजित रहे ।

पीएनजीका लागि नोर्मन भनुआले ३ विकेट लिए । यस्तै अशद भाला र चाल्र्स अमिनीले २–२ विकेट लिए भने नोसाइना पोकानाको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पीएनजीले ५० ओभरमा ८ विकेटको क्षतिमा २९२ रन जोड्यो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन समेत हो ।

पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रन जोडे । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ४७ बलमा ३८ रन बनाउँदा रिले हेकुरे ४० बल खेल्दै ३१ रनमा आउट भए । नोरमान भनुआले २८ बलमा ४७ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, जासन किला ११ बल खेल्दै १३ रनमा अविजित रहे ।

नेपालका लागि कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।

यसैबीच, मध्यक्रमका युवा ब्याटर रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाए ।

रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै इनिङमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।