२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याइने’



अ+ अ-

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्रधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मकवानपुरको हेटौँडामा आयोजित ‘नेपालमा ऊर्जा क्षेत्रको अर्थ राजनीतिक विश्लेषण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारवाट जल र ऊर्जालगायत अन्य वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग प्रथमिकतामा रहेको जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा प्रदेश सरकारले विद्युत् प्राधिकरणको सहकार्यमा शतप्रतिशत घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने, विद्युत् खपत बढाउनका लागि न्यून आय भएका व्यक्ति तथा परिवारलाई सहुलियत दरमा इन्डक्सन चुल्हो उपलब्ध गराउने एवं विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउनेजस्ता कार्य गर्ने उहाँले जानकारी दिनुभयो ।

सो कार्यक्रममा खानेपानी सिँचाइ र ऊर्जामन्त्री वसन्तबहादुर मानन्धर, प्रदेश नीति तथा योजना आयोगका सदस्य राजु नेपाल, मन्त्रालयका सचिव मोहन शाक्य र प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख दीपेन्द्र द्विवेदीले प्रदेशको विद्युत्को अवस्था र समस्याबारे जानकारीदिनुभएको थियो ।