१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्क वुड आईपीएलबाट बाहिर



अ+ अ-

एजेन्सी । लखनउ सुपर जायन्ट्सका तीब्र गतिका बलर मार्क वुड कुहिनोमा चोटका कारण इन्डियन प्रिमियर लिगको १५ औं सिजनबाट बाहिर भएका छन् । 

मार्क वुडभन्दा अगाडि दुई जना इंग्लिस खेलाडी जेसन रोय र एलेक्स हेल्सले पनि सिजनबाट नाम फिर्ता लिएका छन् । 

उनी लगातार बायो बबलको थकानबाट समस्यामा थिए । लखनऊ सुपर जायन्ट्सले चाँडै मार्क वुडको स्थानमा नयाँ खेलाडी घोषणा गर्नेछ ।

मार्क वुडको बाहिरिनु लखनऊ सुपर जायन्ट्सका लागि ठूलो झट्का हो । लखनउको टोलीको कप्तानी केएल राहुलको हातमा छ । यस्तै, लखनउसँग दुष्मन्थ चमिरा, आवेश खान, अंकित राजपूत फास्ट बलिङ विकल्पको रूपमा छन् । मार्क वुडको सट्टा, यी खेलाडीहरू लखनउको लागि राम्रो प्रतिस्थापन हुन सक्छन् ।

लखनउले आफ्नो पहिलो आईपीएल खेल मार्च २८ मा गुजरात टाइटन्ससँग वानखेडे स्टेडियममा खेल्नेछ । यस्तो अवस्थामा छिट्टै लखनउको टोलीले मार्क वुडको स्थानमा खेलाडीको घोषणा गर्नेछ ।