५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका : शिक्षामन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताउनुभएको छ । बुधवार निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वत्ः सुधार हुने बताउनुभएको हो ।

उहाँले देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको बताउनुभयो । शिक्षामा सुधार गर्ने देशहरुले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएको उल्लेख गर्दै शिक्षालाई देशको समृद्धिको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘हामी नेपालीहरु भौतिक समृद्धि र आत्मिक समृद्धिको खुशीमा अगाडी बढ्नु छ र त्यसको निम्ति पहिलो ढोका भनेको शिक्षा हो । खुशी हुने ढोका । शिक्षा भएन भने देशको अरु कुराको सुधारको सम्भावना छैन । जुन देशले शिक्षामा सुधार गर्‍र्यो त्यो देशले अरु क्षेत्रमा प्रगती गरेको हामी पाउँछौँ । देशको समग्र समृद्धिको निम्ति सक्षम इन्जिनियर, सक्षम डाक्टर, सक्षम शिक्षक, सक्षम प्राध्यापक चाहियो । सक्षम व्यक्ति र व्यक्तित्वहरुको आवश्यकता हुन्छ । र हामी भौतिक समृद्धिको बाटोतर्फ अगाडी बढ्न सक्छौँ । र त्यो भौतिक समृद्धि प्राप्त गर्नको निम्ति शिक्षा नभइ नहुने महत्वपूर्ण विषय हो । हामी सबैलाई थाहा छ शिक्षा सेवा हो । शिक्षा वस्तुको व्यापार होइन । स्वास्थ्य र शिक्षा भनेको संविधानले लेखे अनुरुप नागरिकले प्राप्त गर्ने मौलिक हकको रुपमा सचीकृत भएको विषय हो । र यो शिक्षालाई हामी सेवामुलक राष्ट्र निर्माण गर्ने, समृद्धि निर्माण गर्ने, सक्षम नेपाली निर्माण गर्ने एउटा अभियानको रुपमा शिक्षालाई प्रयोग गर्न सक्यौँ । शिक्षालाई सुधार गर्न सक्यौँ भनेदेखि देशका अरु क्षेत्रहरु स्वत्ः सुध्रिन्छन् । यही कुरामा हामी अगाडी बढ्नु छ ।’

मन्त्री पौडेलले देशलाई सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेको बताउनुभयो । शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अदक्ष जनशक्ति उत्पादन गरेर थुप्रो लगाउने थलोको रुपमा होइन, सक्षम जनशक्ति उत्पादन गर्ने, देशलाई समृद्धिसँग जोड्ने, जीवनसँग जोड्ने । गफ गरेर अरुलाई उपदेश गर्ने शिक्षाको हाम्रो देशजस्तो विकाशोन्मुख देशमा आवश्यक छैन । हाम्रो देशमा शिक्षा ग्रहण गर्ने, त्यसलाई सिपमा बदल्ने, सिपलाई रोजगारमा जोड्ने, र शिक्षा, सिप र सिकाइलाई समृद्धिसँग जोड्ने । हामीलाई जे चाहिने हो त्यही कुरालाई सम्बोधन गर्नेगरी हाम्रा पाठ्यक्रमहरुलाई संविधानको भाषा अनुरुप संविधानमा तिनवटा शब्द छ, शिक्षालाई वैज्ञानिक बनाउँ, शिक्षालाई व्यवहारिक बनाउँ र शिक्षालाई उत्पादनमुलक बनाउँ । संविधानको भाषा यो हो नि अहिले । त्यसमा अगाडी बढाउनको निम्ति हामी सबैको साझा संकल्पको आवश्यकता छ ।’

मन्त्री पौडेलले शिक्षामा संरचनागत र नीतिगत सुधार आवश्यक रहेको भन्दै त्यसको सुधारका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।




भर्खरै