२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो



अ+ अ-

इस्लामाबाद । पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ । कोरोनाका  दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो पटक हो । 

यहाँ बिहीबार थप ९१२ जनामा कोरोना सङ्क्रमण देखिएको सरकारी स्रोतले जानकारी दिएको छ । पाकिस्तानमा गत जुलाई ५ मा ८३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पाकिस्तानमा हालसम्म १२ लाख ५६ हजार २३३ जनालाई कोरोना सङ्क्रण भइसकेको छ । 

कूल सङ्क्रमितमध्ये ११ लाख ८४ हजार ५२७ जना निको भएका छन् ।  हाल यहाँ ४३ हजार ६४८ जना सक्रिय सङ्क्रमित रहेका र तीमध्ये दुई हजार ७६१ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

कोरोना सङ्क्रमणको कारण बिहीबार पाकिस्तानमा २६ जनाको मृत्यु भएको थियो । यसैसँगै यहाँ कोरानाबाट २८ हजार ५८ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । 

पाकिस्तानको दक्षिण प्रान्त सिन्ध कोरोनाबाट अत्यन्त प्रभावित हो । यहाँ अहिलेसम्म चार लाख ६२ हजार १५५ व्यक्ति कोरोना प्रभावित भएका छन् । यसपछि दोस्रो प्रभावित राज्यका रुपमा पञ्जाव प्रान्त रहेको छ । यहाँ चार लाख ३५ हजार चार जनालाई कोरोना सङ्क्रमण भएको छ । (रासस-सिन्ह्वा)