२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षले जनविरोधी र भ्रमपुर्ण प्रचार गर्यो: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिनुभएको छ ।

बुधबार काठमाण्डौमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्ने बताउनुभएको हो । द्धन्द र हिंसाबाट गुज्रिएको मुलुकमा दिगो शान्ति स्थापना तथा सुशासन र भ्रष्टाचार मुक्त गरि देशलाई समृद्ध नेपाल सुखी नेपाली सम्म पुराउने अभिभारा पुरा गर्न बहुसंख्याको अभिमतबाट स्थानीय तहको निर्वाचन जित्नुपर्ने तर्क उहाँको थियो । उहाँले भ्रमपुर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरु भएको दाबी गर्दै त्यसविरुद्ध बहुसंख्याको अभिमत प्राप्त गरि स्थानीय तहको निर्वाचनबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौ । मुल धार हौं । इतिहासको लोकतान्त्रिक आन्दोलनकोे विरासत हामीसंग छ । आजको समस्या र चुनौतिको सामना र समाधान गर्नुपर्ने उत्तरदायीत्व हामी संग छ । त्यो अभिभारा हामीसंग छ । देशलाई समृद्ध नेपाल सुखी नेपाली सम्म पुराउने अभिभारा हामीसंग छ । जसलाई हामीले सम्पन्न गर्नुपर्ने छ । त्यो अभिभारा हामी जनताको बहुसंख्याको अभिमतद्धारा बल र अधिकार प्राप्त गर्दछौ । यसका लागि स्वभाविक रुपमा आगामी निर्वाचनहरु महत्वपुर्ण छन् । त्यसका लागि केन्द्रमा बहुमतको सरकार बनेपछि पनि विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घर दैलोमा पुराउने स्थानीय तह हो । त्यसकारण स्थानीय तहको निर्वाचनमा हामीले महत्वपुर्ण ठाउँहरुमा र आम रुपमा बहुमत साथको विजय हासिल गर्न सकेनौ भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ । त्यसकारण हामीेले यसमा बहुमत प्राप्त गर्नुपर्ने छ ।’

उहाँले नेकपा एमालेको नेतृत्वमा सम्पुर्ण लोकतान्त्रिक आन्दोलनको भएको र सबै भन्दा ठूलो प्रमुख राजनीतिक पार्टी भएको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो ‘नेकपा एमाले देशको सबै भन्दा ठूलो प्रमुख राजनीतिक पार्टी हो । जननिर्वाचित संस्थाहरुमा प्रतिनिधित्वका दृष्टिले, राष्ट्रलाई अघि बढाउने नीतिगत विषय र व्यवहारिक प्रश्नमा हामी प्रमुख पार्टी हौँ । लोकतान्त्रिक आन्दोलनको मुल धार हामी हौ । अनेक हिसाबबाट नेकपा एमाले नै सबै भन्दा पुरानो र मुल धार बोकेको पार्टी हो भन्न अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन । ’

केन्द्रीय कमिटि बैठकले स्थानीय तहको निर्वाचन सफलतापुर्वक समपन्न गराउन संगठनात्मक र प्रचारात्मक कार्याक्रम तथा जनपरिचालन सम्बन्धी महत्वपुर्ण निर्णय गर्ने छ । त्यसैगरी भोलीको बैठकमा निर्वाचन केन्द्रीत गरेर बनाईएको पार्टीको एप बारे केन्द्रीय कमिटी सदस्यलाई जानकारी गराउने पनि अध्यक्ष ओलीले जानकारी दिनुभयो । उहाँले नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेसंगै सदस्यता सख्या ११ लाख पुगेको आकलन गरिएको दाबी पनि गर्नुभयो ।

 




भर्खरै