१३ पुष २०८१, शनिबार
,
Latest
तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प सुदूरपश्चिमको प्रसिद्ध राजकाँडा जालपादेवी, तीर्थसँगै प्राकृतिक सुन्दरतासँग मिलन (फोटो फिचर) बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल पशुपतिको सुनको जलहरीमा भ्रष्टाचार पुष्टि भएन बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै सरकार जनमुखी भएर चल्न सकेनः सम्मानित नेता खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनको मूल्य प्रतितोला रु ९९ हजार २००, चाँदीको एक हजार ३७०



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार १०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।