२५ भाद्र २०८३, बिहीबार
,
Latest
‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश



अ+ अ-

काठमाडौं। सरकारले दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।

सभाको बिहीवारको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको हो ।

विधेयक प्रश्तुत गर्दै उहाँले नागरिकलाई पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउने तथा अवकास कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने द्देश्यले नागरिक लगानी कोष ऐन, २०४७ हाल कार्यान्वयनमा रहेको बताउनुभयो ।

उहाँले ऐनले परिभाषित गरेका केही शब्दहरुलाई थप स्पष्ट गर्ने, कोषको एकीकृत पूँजी, चुक्ता पूँजी र शेयर लगानीमा वृद्धि गर्ने, कोषको पूँजीमा थपघट गर्ने, कोषको सञ्चालक समितिको अधिकार, काम, कर्तव्य र अधिकार थप स्पष्ट गर्नको लागि संशोधन विधेयक ल्याइएको बताउनुभयो । रासस




भर्खरै