काठमाडौं। सरकारले दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।
सभाको बिहीवारको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको हो ।
विधेयक प्रश्तुत गर्दै उहाँले नागरिकलाई पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउने तथा अवकास कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने द्देश्यले नागरिक लगानी कोष ऐन, २०४७ हाल कार्यान्वयनमा रहेको बताउनुभयो ।
उहाँले ऐनले परिभाषित गरेका केही शब्दहरुलाई थप स्पष्ट गर्ने, कोषको एकीकृत पूँजी, चुक्ता पूँजी र शेयर लगानीमा वृद्धि गर्ने, कोषको पूँजीमा थपघट गर्ने, कोषको सञ्चालक समितिको अधिकार, काम, कर्तव्य र अधिकार थप स्पष्ट गर्नको लागि संशोधन विधेयक ल्याइएको बताउनुभयो । रासस









