१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार छाड्न प्रचण्ड र नेपाललाई कांग्रेस केन्द्रीय सदस्य भट्टराईको चुनौती



अ+ अ-

दमौली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार छाड्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

तनहुँको आँबुखैरेनीमा कार्यकर्ता पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा सँगै बसेर एमसीसी पारित गराएर अहिले द्वैध चरित्र देखाएको भन्दै दुई नेताको आलोचना गरे । सरकारमा सँगै बसेर एमसीसी पारित गर्दा राष्ट्रघाती नदेख्ने अहिले प्रधानमन्त्रीको आलोचना गर्दै हिंड्ने ? उनले प्रश्न गरे ।

उनले यदि एमसीसीलाई राष्ट्रघाती नै भन्ने हो भने सरकार छाड्न र चुनावी तालमेलको कुरा नगर्न चेतावनी दिए । एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने तर चुनावमा तालमेलको कुरा गर्न सुहाउँछ उनले प्रश्न गरे ।

आँबु -२ मा आयोजित कार्यक्रममा माओवादीबाट विजयी वडा सदस्य धनराज गुरुङ सहित ३० कार्यकर्तालाई उनले प्रवेश गराएको पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

पार्टी वडा सभापति मिलन गुरुङको सभापतिमा भएको कार्यक्रममा पवित्रा गौली, गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, वाउँपलिका उपाध्इक्ष पुष्पादेवी श्रेष्ठ, जिल्ला सदस्य केशबनाथ खनाल, आबु को पार्टी सभापति बिष्णु पन्थ २ को अध्यक्ष कटक थापा र स्थानीय प्रतिनिधि गोविन्द ढकाल, सोलबहादुर चितौरे, विजय गुरुङ, धनबहादुर गुरुङको सहभागीता थियो ।

यसअघि उनले बन्दीपुरमा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरेका थिए ।