१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल खेल्नका लागि भारत आउन मोइन अलीले भिसा पाएनन्



अ+ अ-

एजेन्सी । आईपीएलको १५ औं सिजन मार्च २६ बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच वानखेडे स्टेडियममा हुनेछ । यो खेलअघि  चेन्नईलाई तनाव निकै बढेको छ । 

इंग्लिस स्टार अलराउन्डर मोइन अलीले विगत २० दिनदेखि भारत आउन भिसा पाएका छैनन् । 

क्रिकबजको रिपोर्टका अनुसार चेन्नईका सीईओ काशी विश्वनाथले मोइनले २८ फेब्रुअरीमा भिसाका लागि आवेदन दिएको बताएका छन् । 

त्यो आवेदन दिएको २० दिन भइसकेको छ । उनी लगातार भारत आउने क्रममा रहेपनि उनले अहिलेसम्म यात्राको अनुमति पाएका छैनन् । 

‘मोइनले कागजपत्र पाएपछि अर्को फ्लाइटमा उड्ने बताएको छ । यस मामिलामा बीसीसीआईले पनि हामीलाई मद्दत गर्न आफूलाई संलग्न गरेको छ । हामी आशा गर्दछौं कि उनीहरूले सोमबार, मार्च २१ सम्ममा कागजातहरू पाउनेछन् ।’ विश्वनाथले बताए । 

मोइन अलीले आफ्नो अलराउन्ड प्रदर्शनका साथ गत वर्ष चेन्नईलाई चौथो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले १५ खेलमा ३५७ रन बनाउनुका साथै ६ विकेट पनि लिएका थिए । यही कारणले गर्दा आइपिएल २०२२ को लागि पनि फ्रेन्चाइजले उनलाई ८ करोडमा रिटेन गरेको थियो ।