इङलिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले बर्नलीलाई शनिबार साँझ भएको खेलमा सहजै पराजित गरेको छ ।
सिटीको गृह मैदानमा भएको यस खेलमा सिटीका लागि बर्नार्डो सिल्भाले १२ औं मिनेटमा गोल गरी बर्नलीमाथि दबाब सिर्जना गरेका थिए । यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।
दोस्रो हाफमा पनि सिटीको लगातारको आक्रमणलाई रोक्न सफल रहेको बर्नलीले ७० औं मिनेटमा दोस्रो गोल खायो । सिटीका लागि केभिन डी ब्रुएनले गोल गरेर सिटीको गोल संख्या दोब्बर बनाए । त्यसपछि खेलमा थप गोल भएन ।
यो जितसँगै सिटीले आठ खेलबाट १७ अंक सहित दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा भने १८ अंक सहित लिभरपुल रहेको छ भने तेस्रो स्थानमा चेल्सी छ । एक खेल कम खेलेको चेल्सीको १६ अंक छ । शनिबार रातिको खेलमा ब्रेनफोर्डलाई पराजित गरे चेल्सी पुनः लिगको शीर्ष स्थानमा उक्लनेछ ।
अन्य नतिजा
नर्बिच – ब्राइटन ( 0 – 0 )
साउथह्याम्पटन लिड्स युनाइटेड ( १ – ० )
उल्भ्स एस्टनभिल्ला ( ३ – २ )