३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा



अ+ अ-

किभ । युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन् ।
 
रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन । रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो । 

कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन् ।युक्रेनको आपतकालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ । (रासस/एएफपी)