२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैतिक सङ्कटमा प्रधानन्यायाधीश जबरा



अ+ अ-

काठमाडौं । मन्त्रिमण्डलमा कोटा मागेको, सुनुवाइलाई प्राथमिकता नदिएको जस्ता आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नैतिक सङ्कटमा परेका छन् ।

आफूमाथि लागेका आरोपलाई उनले गलत साबित गर्न नसक्दा न्यायाधीशहरूले उनलाई बहिष्कार गर्नेसम्मको स्थिति बन्न पुगेको छ । सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार बैठक बसेरै प्रधानन्यायाधीश जबराले सोमवारका लागि बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय गरेका छन् ।

उनीहरूले इजलास बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय न्यायाधीशहरूले गरेसँगै प्रधानन्यायाधीशमाथि राजीनामा दिन दबाव परेको छ ।

आइतवारको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।, यो समाचार आजको आर्थिक अयिभान दैनिकमा प्रकाशित छ ।