२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतना



अ+ अ-

काठमाडौं । खेल खालि खेल मात्र हुन्न, यो त सामाजिक जनचेतनाको माध्यम पनि हो । अहिले काठमाडौंको लैनचोरको टेबल टेनिस प्रशिक्षण केन्द्र र विराटनगरको टेबल टेनिस हलमा साँझ केही किशोरीहरू टेबल टेनिसको विशेष प्रशिक्षणमा छन् । यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुने छैन्, तिनलाई लैगिक जनचेतना पनि दिइनेछ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिनेछ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्टे«न्थ’ ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भइरहेको यो कार्यक्रम मूलतः विश्व टेबल टेनिस संघको सहयोगमा भएको हो । महासंघले एसियाका केही देशलाई यो कार्यक्रमका लागि चयन गर्ने क्रममा उद्देश्य राखेको छ, टेबल टेनिस कोही पनि महिलाका लागि विकासको अवसर होस् । यस कार्यक्रममा काठमाडौंमा ३० र विराटनगरमा २० किशोरीको सहभागिता रहेको छ । विराटनगरमा प्रशिक्षक विकेन थापा र काठमाडौंमा प्रशिक्षकद्वय सन्ध्या शाक्य र मुना बासुकलाले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सन्ध्या र मुना दुवै पूर्व नेसनल च्याम्पियन हुन् र तिनकै नेतृत्वमा टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतनाबारे जानकारी पाउँदा किशोरीहरू खुसी र उत्साहित छन् । त्यति मात्र होइन, पूर्व राष्ट्रिय खेलाडी तथा खेलविज्ञ रिता प्रजापति तथा दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण पदकधारी सुलोचना सिजख्वाःले किशोरीहरूलाई समाजमा खेलकुदको महत्वबारे विशेष कक्षा सञ्चालन गरेका थिए । त्यस अवसरमा सहभागीलाई पछि नेतृत्व तहमा जान प्रेरित गरिएको थियो ।

यस्तै ती किशोरीले सागकै पूर्व स्वर्ण पदक विजेता तथा नेपाली टेबल टेनिसका लेजेन्डरी खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीबाट अन्तरक्रियाको अवसर पनि पाए । कार्यक्रमको अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले यस प्रकारको कार्यक्रमले किशोरीहरूलाई टेबल टेनिसमा सहभागी भएर आप्mनो व्यक्तिगत जीवनको हरेक मोडमा सफल हुन प्रेरित गर्ने बताए । त्यसै अवसरमा राखेप प्रशासन विभागका विभागीय प्रमुख तथा कुलबहादुर थापाले किशोर खेलाडीलाई अनुशासनको महत्बारे जोड दिएका थिए ।