१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

रामेश्वरसहितका मिठाइ पसललाई जरिवाना : मिठाइजन्य खाद्य बस्तुको गुणस्तरमा लापर्वाही

रामेश्वरसहितका मिठाइ पसललाई जरिवाना : मिठाइजन्य खाद्य बस्तुको गुणस्तरमा लापर्वाही
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले मिठाइजन्य खाद्यबस्तुमा अनुचित व्यापार गरेका केहीलाई आर्थिक जरिवाना गराएको छ भने केहीलाई सुधार गर्ने समय दिएको छ । यस क्रममा आज बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाइपसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । हिजो महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउसलाई २० हजार रुपैयाँ र ताज वेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो । 

रामेश्वर मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराईको तेल मिठाइ बनाउन अयोग्य थियो । टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गरिएको थियो । सञ्चालक भने फाल्न तेल फाल्न राखिएको दावी गरिरहेका थिए । तर कराई चुलामा तातिरहेको अवस्थामा थियो ।  मिठाइ बनाउन प्रयोग गरिने रङ् र मसलाको म्याद सकिएको थियो । फ्रिजमा राखिएका करीव १ दर्जन बोतल कोल्ड ड्रिङ्सको म्याद सकिएको थियो । 

हिजो कारवाही गरिएको ताज वेकरीले व्यवसाय सञ्चालनका लागि लिनु पर्ने कुनै पनि दर्ता प्रमाण पत्र देखाउन सकेन । बेकरीको डिफ्रिजमा म्याद सकिएका कुल्फी र आइसक्रिम थिए । त्यहाँबाट ६९ वटा आइसक्रिम र १ प्याकेट कुल्फी जफत गरियो । महाराजगञ्ज चोकैमा रहेको प्रिया स्वीटको भान्छा अँध्यारो र फोहोर थियो । म्याद सकिएका रङ् र मसलाको प्रयोग भइरहेको थियो । त्यहाँबाट भुजिया, सनपाप्रीलगायत म्याद गुज्रिएका खाद्यबस्तु जफल  गरिएको थियो । 

मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापर्वाही गर्नेलाई आर्थिक जरिवाना गराएका छौँ भने सरसफाइमा सुधार गर्नुपर्नेलाई समय दिएका छौँ । निरीक्षण अधिकृत हरिबहादुर भण्डारी भन्नुहुन्छ, ‘व्यापारीहरुले मिठाइजन्य खाद्य उत्पादनमा व्यवसायिक धर्मको पालना गर्नु पर्ने, सामाजिक दायित्व निर्वाह पर्ने देखिएको छ । कारवाही त समस्याको समाधान होइन तर अनुचित काम गर्नेलाई छोड्न सकिँदैन ।’

तिहारमा धेरै मिठाइ खपत हुने भएकोले म्याद गुज्रिएका सामानको प्रयोग भएको विगत बर्षहरुको अभ्यास देखाउँछ । यो बर्ष पनि यस्तै देखियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाका अनुसार यो समयमा म्याद सकिएका सामानहरु मिसाएर प्रयोग गर्ने खतरा छ । म्याद सकिन लागेका सामान अफर र सस्तो मूल्यमा विक्री गर्ने गरेको पाइन्छ । 

मिठाइ पसलमा देखिएको अवस्था उपभोक्ताको स्वास्थ्यका कोणबाट जोखिमपूर्ण देखिन्छ । म्याद ग्ज्रिएका सामान विक्री गर्नु उचित मूल्यमा उचित सामान प्राप्त गर्न पाउने उपभोक्ताको अधिकारमाथि सरासर खेलबाड भएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्नुहुन्छ, सरकारले यसबेला आफूलाई सशक्त बनाउन सकेन भने अखाद्य बस्तु प्रयोग गरेका कारण भोलि ठूलो स्वास्थ्य संकट आउन सक्छ । मूल्य तिरेर जोखिम किन्नु नपरोस् भन्ने कुरामा सबै एक ठाउँ हुनुपर्छ ।

आजै अनुगमनका क्रममा गौशाला चोकस्थित अन्नपूर्ण मिठाइ भण्डारमा प्रयोगका लागि राखिएका चामलमा उपभोग्य अवधि मेटिएको थियो भने म्याद सकिएका बेसनका बोराहरु थिए । मिठाइ बनाउन प्रयोग हुने केही रङ्ग, मसला र कोल्ड डिङ्सको म्याद सकिएको थियो । भण्डार सञ्चालकले चामल खरिद विल देखाउन सकेनन् । त्यसपछि अनुगमन टोली उनले चामल खरिद गरेको बत्तीसपुतलीस्थित बालाजी टे«डर्समा पुगेर चामलको म्याद जाँच गरेको थियो । त्यहाँ भएका बोरामा पनि उत्पादन र उपभोग्य मिति नदेखिएपछि आयातकर्ताले दिएको विलविजकसहित कार्यालयमा उपस्थित हुने गरी छोडिएको छ । महालक्ष्मी अङ्गुरी जिरा चामल जय मातादीले आयात तथा बजार व्यवस्थापन गरेको छ ।