१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

नियमावली संशोधन गरेर प्रहरीभित्र केही सुधारका काम गरिँदैछः गृहमन्त्री

नियमावली संशोधन गरेर प्रहरीभित्र केही सुधारका काम गरिँदैछः गृहमन्त्री
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताउनुभएको छ । 

बुधवार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पीयनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले नेपाल प्रहरीको संगठन भित्र सुधारको काम गर्न लागेको बताउनुभयो । नियमावली संशोधन गरेर भएपनि प्रहरी जवानहरु उत्साहित भएर र आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन लागेको उहाँले बताउनुभयो । प्रहरी संगठनको तल्लो तहबाट परिवर्तन ल्याउन सरकार लागेको उहाँले उल्लेख गर्नुभयो । 

प्रहरीभित्र बढुवा गर्नका लागि थप पद सिर्जना गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘सुरक्षा निकायले पनि, प्रशासनका कर्मचारी र प्रशासनका पदाधिकारीले पनि सबै नेपालीलाई सम्मान गर्नुहोस् । कुनैपनि अफिसमा बसेको अधिकृत वा हाकिमले कुनै नेपालीलाई तँ भन्नै पाइदैनँ । 

सबैलाई सम्मान । त्यस्तै नेपाल प्रहरी र सुरक्षा निकायपनि प्रहरी अधिकृतहरुले पनि सबैलाई सम्मानार्थि शब्द प्रयोग गर्नैपर्ने त्यो हाम्रो निर्देशन जारी भएको छ । समानता व्यवहारमा पनि हुनुप¥यो । स्वतन्त्रता, समानताका हामी पक्षपाति । समान व्यवहार हामी सबैले गर्नुपर्छ । अहिले गृह मन्त्रालय र नेपाल सरकारले नेपाल प्रहरीमा केही परिवर्तन ल्याउन खोजिराखेको छ । तलबाट परिवर्तन ल्याउने कोसिस छ । नियमावलीमा संशोधन गरेर नेपालका सम्पूर्ण प्रहरी जवानहरु उत्साहित हुन् सकुन् । उनको पनि आत्मबल बढोस् । उनीहरु दिनरात सुरक्षाका लागि खटेका छन्, त्यहाँ कमीकमजोरी होला, ति कमीकमजोरीलाई सुधार्ने हो । तर तिनीहरुपनि नेपाली नागरिक हुन् । नेपाली नागरिक भएको कारणले तिनको पनि सुविधाको लागि, तिनको पनि भविष्यका लागि सोच्ने काम सरकारको हो । त्यो दायित्व पुरा गर्ने कोसिस हामीले गरिरहेका छौँ ।’

गृहमन्त्री खाँणले नेपाली कांग्रेसले सधैभरी खेलाडीहरुलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तिनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेसले खेलाडीहरुलाई सदैव सम्मान गर्छ । आउने दिनमा प्रयत्न के रहन्छ भने स्थानीय निर्वाचनमा, प्रदेश निर्वाचनमा र प्रतिनिधिसभाको निर्वाचनमा पनि खेलाडीहरुमध्ये सर्वोत्कृष्ट खेलाडीलाई हामीले उम्मेदवार बनाउन सकियोस् भन्ने हाम्रो प्रयत्न छ ।’
उहाँले आगामी वर्षको प्रतियोगितामा बिजयी भएर आएमा फुटबल टिमका सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सम्मान गर्ने पनि बताउनुभयो ।