१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेता गणेश शेरचनको निधन



अ+ अ-

काठमाडौं।राप्रपाका नेता, पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित शेरचनको पछिल्लो समय मिर्गौलामा समस्या देखिएको थियो । आइतबार बिहान ग्राण्डी अस्पतालमा निधन भएका शेरचन राप्रपाको संस्थापक नेता, तत्कालीन राप्रपा नेपालको महामन्त्री र राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक रहिसकेका छन् । शेरचनको निधन प्रति शोक प्रकट गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:खी र स्तब्ध भएको बताएका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमानदार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको साथै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् । शेरचनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । शेरचनका एक श्रीमती, ३ छोरा र १ छोरी छन् ।