१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ
अ अ+ अ-

लहान । दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका  रामविलाश यादव छन् । कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ ।

पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् । 

सदायले ६१ वर्षमा पाए नागरिकता

सुखीपुर नगरपालिका– ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ । जीवनको उत्तराद्र्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा ६१ वर्षपछि बल्ल खुसी फर्किएको छ ।

उहाँले भन्नुभयो “नागरिकता पाउने आश मारिसकेको थिएँ । ६१ बसन्त पार गरेपछि बल्ल नागरिकता पाएकोमा औधी खुसी लागेको छ । ” प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सदायलाई वंशज नागरिकता प्रदान गर्नुभएको थियो । 

“नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आए पनि विभिन्न बहानामा नागरिकता पाउनसकेको थिइन्”,सदायले भन्नुभयो,“अहिले आएर बल्ल नागरिकता पाएकोमा असाध्यै खुसी लागेको छ ।” बुढेसकालमा बल्ल नेपाली नागरिक भएको अनुभूति भइरहेको सदायको कथन छ । 
    
“नागरिकता नहुँदा राज्यको हरेक सेवासुविधा पाउनबाट वञ्चित थिएँ”, सदायले भन्नुभयो,“, घरको मूल व्यक्ति मै हुँ मेरो नागरिकता नहँुदा श्रीमती र छोराछोरीकोसमेत नागरिकता बन्न सकेको छैन् ।” बल्ल आफ्नो नागरिकता बनेपछि अब श्रीमती र छोराछोरीको  नागरिकता बनाइ दिने सदायको भनाइ छ । 
    
गाउँमा दलितका लागि आउने सेवा–सुविधा पाउन नसकेपछि बल्ल नागरिकताको महत्व बुझ्नुभएका सदाय नागरिकता बनाउन धुप्रै ठाउँमा गुहारेको दुखेसो सुनाउनुभयो । “पहिला–पहिला नागरिकताको विषयमा राम्ररी बुझेको थिइन्,”, सदायले भन्नुभयो,“गाउँमा विभिन्न सङ्घ संस्थाले दलित परिवारका लागि राहतलगायतका सेवा सुविधा लिएर गाउँमा आउथ्यो, तर आफुसँग  नागरिकता नहुँदा ती सेवा–सुविधाबाट वञ्चित हुनुपरेको थियो ।” अनि बल्ल नागरिकता बनाउने चेतना आफूमा आएको सदायको कथन छ ।   
 
आफ्नो देशभित्रै पनि गैर नेपालीको व्यवहार खेप्दै आएका सदायले नागरिकता बनाइदिन नेतादेखि विभिन्न सङ्घ संस्थाका अगुवालाई गुहारेको तर नागरिकता बन्न नसकेको विगत सम्झिँदै अहिले नागरिकता पाएपछि आफू नेपाली भएको गर्व महसुस भइरहेको बताउनुभयो । 
     
निर्वाचनको समयमा आफ्नै वडाका धेरै व्यक्तिले जनप्रतिनिधि छनोट गर्न मत दिइरहँदा टुलुटुल हेरिरहने सदायले नागरिकता पाएसँगै नजिकैको निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचयपत्रका लागि फोटो समेत खिचाएको जानकारीदिनुभयो । “अहिलेसम्म अरुले मत खसालेको देखेको मात्रै थिएँ”, उहाँले भन्नुभयो,“ अब आफू पनि मत खसालेर चाहेको जनप्रतिनिधि चुन्न पाउने भएको छु ।” आगामी निर्वाचनमा योग्य जनप्रनिनिधिको पक्षमा मतदान गर्ने उहाँको भनाइ छ । 

उहाँलाई अशिक्षित भएकामा त्यति पश्चातापमा नरहेका सदायलाई नागरिकताको अभावमा जन्मदत्र्ता गराउन र छोराछोरीलाई पढाउन नसकेकोमा पश्चाताप लागेको छ । “मेरो नागरिकता नहुँदा छोराछोरीको जन्मदत्र्ता बनाउन सकिएन्,”, उहाँले भन्नुभयो,“ विद्यालयमा भर्ना हुन जन्मदत्र्ता चाहिन्छ, छोराछोरीको जन्मदत्र्ता नुहुँदा विद्यालयमा भर्ना हुनसकेन् र कुनै पनि छोराछोरीले पढ्न पाएनन् ।” पढन नपाएका छोरा मजदूरी गरेर परिवार पाल्दै आएको उहाँले बताउनुभयो । 

छोराछोरीलाई पढाउन नसकिए पनि अब आफ्नो नागरिकतासँगै नातिनातिनाको पढाइएको बाटो खुलेकोमा खुसी लागेको सदायको कथन । गरिबी र अशिक्षाले पिल्सिएको सदायको परिवारमा नागरिकतासँगैं बेग्लै सुखी आएको सुखीपुरका स्थानीय सञ्जीव यादवले भन्नुभयो ।
    
“यो भन्दा पहिला सदायको परिवार यस्तो खुसी देखिएको थिएन्,”, उहाँले भन्नुभयो,“अहिले सदायसँगै उहाँको परिवारमा ठूलै उत्साह र खुसीयाली आएको हामीलाई आभाष भइरहेको छ ।” नागरिकतासँगै सदाय परिवारको अन्य बाटो समेत खुलेको यादवको कथन छ ।
    
 नागरिकता प्रमाणपत्रका लागि सदायले संलग्न गरेको सबै कागजात हेर्दा नागरिकता दिनु उचित हुन्छ देखेपछि सदायलाई नागरिकता दिएको प्रजिअ कणेँलले बताउनुभयो । “विभिन्न कालखण्डमा नागरिकता बनाउन सदाय आएको तर नागरिकता नपाएको अवस्था थियो,” उहाँले भन्नुभयो,“कागजात देख्दा नागरिकता दिन मिल्ने देखिएपछि सदायलाई नागरिकता दिएका हौं ।” (रासस)