१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

भीमबहादुर विश्वकर्माको न्यायको लागि खबरदारी (भिडियो रिपोर्ट)

भीमबहादुर विश्वकर्माको न्यायको लागि खबरदारी (भिडियो रिपोर्ट)
अ अ+ अ-

काठमाडौं । चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको छ । जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा भीमबहादुर विश्वकर्माको न्यायको लागि माइतिघरमा बिहीवार खबरदारी र्याली गरिएको हो ।

र्यालीमा जसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । चितवनमा असोज २८ गते मन्दिरमा पुजा गर्न जाँदा ५८ वर्षीय बिश्वकर्मालाई स्थानीयले कुटपीट गर्दा मृत्यु भएको थियो । र्यालीलाई सम्बोधन गर्दै जसपाकी नेता कमला हेमचुरीले भीमबहादुर विश्वकर्माको हत्या हिन्दु आतंकवादीहरुले गरेको बताउनुभयो । उहाँले नेपालमा कुनैपनि प्रकारको आतंकवाद सह्य नहुने भन्दै यसप्रकारका आतंककारीहरुलाई राज्यले संरक्षण गरेको आरोप लगाउनुभयो ।

बिश्वकर्माको हत्यारालाई कारबाहीमुक्त गर्न लागिएका कारण खबरदारी आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘भीमबहादुर विश्वकर्मालाई जुन किसिमले हत्या गरिएको छ । त्यो भनेको हिन्दु आतंकवादीहरुले गरेको हो हत्या । आतंकवाद कुनै किसिमले पनि सैह्य हुँदैन । यो आतंकवाद स्वीकार्य हुँदैन । नेपालमा हिन्दु आतंकवाद अति नै क्रियाशील छ । अति नै सक्रिय छ । यो आतंकवाद रहिरहँदासम्म यो देश कहिलेपनि सम्पन्न र समृद्ध हुँदैन । राज्यले यस्ता आतंककारीहरुलाई अहिले पनि संरक्षण गरिरहेको अवस्था छ । बिकका हत्यारालाई विभिन्न नाममा उनीहरुलाई बारबाहीमुक्त गर्ने अवस्था सिर्जना भइराखेको छ । हामीले खबरदारी गर्न सकेनौँ भने भोली हजारौँ भीमबहादुरहरु यसरी नै मृत्युवरण गर्न बाध्य हुनेछन् ।’

खबरदारी सभामा बोल्दै जसपाका नेता तथा अभियन्ताहरुले संविधानमा लेखिएको अधिकारका कुरा सुनिश्चित हुनुपर्ने र दलित समुदायले न्याय पाउनुपर्ने बताए । भीमबहादुर बिश्वकर्मालाई सांस्कृति सहिद घोषणा गर्न माग पनि गरिएको छ ।

कार्यक्रममा सामाजिक विभेद अन्त्य गर, भीम विश्वकर्मालाई न्याय दे, मानव अधिकारको ग्यारेन्टी गर, जातिय छुवाछुतको अन्त्य गर, जातिय विभेद चाहिदैनँ, मान्छे मार्न पाइदैनँ, सामाजिक न्याय कायम गर, उत्पीडित समुदाय एक हौँ, भीम विश्वकर्माका हत्यारालाई कारबाही गर लगायतको नाराबाजी समेत भएको थियो ।