२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन गेम्स तयारीको वातावरण मिलाई दिन मन्त्रीलाई संघको आग्रह



अ+ अ-

काठमाडौँ । १९औँ एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदैछ । सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन् । तर नेपालमा भने अझै हुन सकेको छैन । अभ्यास थालनीको वातावरण मिलाई दिन भन्दै आज विभिन्न संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा आग्रह गरेका छन् ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई आज नेपाल ओलम्पिक कमिटीले सातादोबाटो स्थित कार्यलयमा स्वागत गरेकोे छ । कार्यक्रममा विभिन्न संघका पदाधिकारी, ओलम्पिक कमिटिका पदाधिकारी पनि सहभागि थिए । सहभागिहरुले नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्  । कोरोना महामारीले थिलिएको मध्येको खेलकुद क्षेत्र अझै स्वभाविक तरिकाले अगाडि बढ्न सकेको छ । जसले गर्दा तय भएका विभिन्न खेल तालिका पनि प्रभावित भए । विश्व महाकुम्भ मेला ओलम्पिकलाई पनि केरोनाले प्रभावित गर्‍यो र एक वर्ष धेकिलिन पुगेको थियो । खेलाडीको तयारी पनि अन्योल परे । अब नजिकिँदै गरेको क्यालेन्डरमा एसियन गेम्स रहेको छ । हान्जाउमा हुने उक्त खेलका लागि अन्य देशका खेलाडीले तयार थालेका छन् । कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नु पर्ने भएकाले तयारी अविलम्ब सुरु गर्नु पर्ने दीपक विष्टले बताए ।

विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरे । मन्त्री गहतराजले १०-८ महिनाको समय तयारीका लागि पर्याप्त समय भएको भन्दै अभ्यास तत्कालै थाल्न विभिन्न संघका पदाधिकारीले स्वागत कार्यक्रममा अग्रह गरेका हुन् ।

यस्तै स्वागत कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए । नयाँ ऐन र परिवेशलाई समन्वय गदै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

एसियन गेम्सका लागि अन्य देशले सहभागि हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको औचित्यमा बल्ल छलफल हुँदैछ । गतिशील हुनपर्ने खेलकुद क्षेत्र खेलको मर्म अनुसार अगाडि बढ्न नसकदा नतिजा भगवान भरोसामा मात्र सिमित हुने गरेको छ । पदक आशा गरिए अनुसार लगानीका लागि पनि जिम्मेवार निकालयले समयमै ध्यान दिनु पर्ने हुन्छ ।