१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

मेहनत र परिश्रमले मान्छेलाई महान् बनाउँछः सभामुख सापकोटा

मेहनत र परिश्रमले मान्छेलाई महान् बनाउँछः सभामुख सापकोटा
अ अ+ अ-

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले मान्छेलाई मेहनत र परिश्रमले महान बनाउने भएकाले जीवनमा मेहनत आवश्यक रहेको बताउनुभएको छ ।  

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ खड्पुमा रहेको एसओएस बालग्राम नेपालले ३५औँ एसओएस अन्तरराष्ट्रिय दिवस २०२१ का अवसरमा आज आयोजित ‘सन् २०२० मा एसओएस बालग्राम काभ्रेलाई उल्लेख्य योगदान दिने व्यक्तित्व सम्मान’ कार्यक्रममा उहाँले कुनै पनि काम सानो र ठूलोको रुपमा नलिई त्यसलाई गम्भीररुपमा लिएर राम्रोसँग अवलम्बन गरेमा मानवीय जीवन सफल र खुशी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले एसओएस बालग्रामले मानव सेवाको लागि थकाइको महसुस नगरिकन जीवन, जगत, मानवजाती र प्राणी जगतका लागि सङ्घर्ष गरेकाले त्यसमा लागेर सेवा गरिरहेकाबाट काम र व्यवहारले देखाएर उदाहरणीय बनेको बताउनुभयो । 

मान्छेले सत्य र निष्ठाको कुरा गरिरहँदा उसको जीवनशैली र चरित्र कस्तो छ भन्नेले ठूलो अर्थ राख्ने भएकाले त्यसको नमुना काम बालग्रामले गरेर देखाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले अझै पनि अध्ययन, ज्ञान र मेहनतको आवश्यक रहेकाले बालग्राममा अध्ययन गरिरहेका विद्यार्थी बालबालिकालाई मेहनतको विकल्प नभएकाले त्यसमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । मेहनत र ज्ञानको विकल्प खोज्न थाल्यौँ भने मान्छेले केही गर्न नसक्ने उल्लेख गर्दै उहाँले सङ्घर्ष, मेहनत र अध्ययनको लागि जोड दिनुभयो ।

सफल मान्छे बन्नका लागि पर्याप्त सामग्री रहेको बताउँदै सभामुख सापकोटाले मानवीय जीवनका लागि सरसफाइ महत्वपूर्ण भएको बताउँदै बालग्रामलाई सफा बनाउन भूमिका खेल्ने सफल उदाहरण भएको बताउनुभयो । राम्रो बन्नका लागि सबैले निष्ठाका साथ काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ । सो क्रममा उहाँले सङ्घीयसभाको सभामुख भएको कारण समस्त बालबालिकाको लागि बालबालिकाको हितमा संसदबाट ऐन, कानुन र नियम बनाउन उपयुक्त भूमिका खेल्ने बताउनुभयो । 

कार्यक्रममा सम्मानिततर्फबाट आफ्नो धारणा राख्नुहुँदै पत्रकार मोतिराम तिमल्सिनाले टुहुरा बालबालिका, अभिभावक भएर पनि राम्रो शिक्षादीक्षा दिन नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेको बालग्रामलाई सङ्घ, प्रदेश र स्थानीय सरकारबाट पनि आवश्यक सहयोग, संरक्षण र सम्बद्र्धनका लागि समन्वय र सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमगाईले राज्यको उपस्थितिमा नै आफूहरूले मावन सेवाको काममा लागिरहन अवसर पाएको बताउनुभयो । सो अवसरमा बालग्रामले ‘सबै बालबालिकाका लागि मायलु घर’ स्थापना गर्ने लक्ष्य प्राप्तीका लागि विभिन्न तहबाट सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरिएको छ । 

सम्मानित हुनेमा नेपाली सेनाका सेनानी प्रविण थापा, पत्रकार मोतिराम तिमल्सिना, श्रीधर न्यौपाने, तृप्ती शाही, सुरज आचार्य, सुजना ढकाल, सुजाता खत्री र बालग्रामका मुक्ति नारायण काफ्ले, पार्वती गुरुङ, कमल भगत थारु, ईन्द्र थापा, सत्यनारायण महर्जन र बन्दुमाया राई रहेका छन् ।

बालग्राम खड्पुमा अहिले १३३ जना बालबालिका बालग्राममा आस्रित छन् भने त्यही विद्यालयमा अध्ययनरत विद्यार्थी ७२० जना, एकल परिवारमा हुर्केर बालग्रामभन्दा बाहिर रहेर पनि एसओएस बालग्रामले सहयोग गर्ने ५९८ जना र युवा १५० जना गरी  गरी एक हजार ६०१ को अभिभाकत्व ग्रहण गरिरहेको एसओएस हर्मन माईनर स्कूल काभ्रेपलाञ्चोकका प्रिन्सिपल नरेश्वर आचार्यले बताउनुभयो ।