काठमाडौं । कतारविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालकी इन्दु वर्माले अर्धशतक पूरा गरेकी छिन् । इन्दुले ४५ बलमा ५० रन पूरा गरेकी हुन् ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा कतारले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
इन्दुले ५ चौका प्रहार गरिन् । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक रहेको छ ।










