२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संबिधान सभाको चुनावका लागि मैनाली नेपाल गए



अ+ अ-

प्रेम लामा ,दोहा ÷ कतार –
नेपाली जनप्रगतिशिल मञ्च कतारले सचिवालय सदस्य दिलीप मैनालीलाई नेपालमा हुनलागेको संबिधान सभाको निर्वाचनमा सहयोग गर्नका लागि नेपाल पठाएको छ । सेप्टेम्वर ५ तारिखमा मुन्तजा पार्कमा एक कार्यक्रमका बिच मञ्चका संरक्षक शनिकुमार ओली, सल्लाहाकार समिति र मञ्चका उच्च पदाधिकारीहरुको उपस्थितिमा सम्मानका साथ बिदाई गरेको थियो । नेपाली युवाहरुको अहम भुमीका नेपालमा रहेको र कतारमा कमाउने पैसा सहायक भएको बताउदै आफ्नो निम्ती पार्टी महान् रहेको मैनालीले बताए । उनले मञ्चले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्व निभाउने प्रतिवद्धदा समेत व्यक्त गरेका थिए । मञ्चका संरक्षक शनिकुमार ओलिले कम्युनिष्टहरु अन्तराष्ट्रिय बर्ग भएको र अरु देशको जनताको मुक्तिको निम्ति बर्गीय लडाई लड्नेहरु यतिबेला देश भित्रै हुन लागेको दोस्रो सबिधान सभाको निर्बाचन पनि लडाई नै भएको र सम्पूर्ण श्रमजिबी मजदुर बर्गहरुको निम्ती जिताउनै पर्ने लडाई भएको हुदाँ नेपाल जानसक्ने र मिल्ने सबैलाई अपिल समेत गर्नु भयो । थुप्रै संख्यामा साथीहरु फर्किन उत्सुक रहेको र छुट्टीको निम्ती पहल गर्ने क्रम तिब्र बढीरहेको खबर प्राप्त भएको जनाउदै सल्लाहकार संयोजक होमनाथ शर्माले मञ्चले गरेको निर्णयलाई स्वागत गर्दै दिलिप मैनालिलाई आबश्यक सहयोगको ब्यबस्था गर्ने प्रतिबद्धता जनाउदै सफल यात्राको शुभकामना समेत व्यक्त गरेका थिए ।