२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा बुझाएर घर जान नपाउँदा ज्यानै गयो



अ+ अ-

क्वालालम्पुर । मलेसियामा अवैधानिकरुपमा कार्यरत रहेको र हाल मलेसिया सरकारले अवैधानिकलाई व्यापकरुपमा पक्राउ गर्न थालेपछि दलालमार्फत् घर जाने कोशिषमा रहेका एक जना नेपालीले आत्महत्या गर्न खोजेको थाहा पाई यहाँस्थित प्रहरी, बोम्बाले बचाउन खोज्दा उनको एक पसलको छलबाट खसेर ज्यान गएको छ । सस्तोमा अर्थात् आरएम ५०० जरिवाना बुझाएर घर जान पाइन्छ भन्ने सुनेर दलालमार्फत् यही मंगलबार नेपाली दूताबासमा आएका घाच्चोक, पोखरा निवासी ३० वर्षीय पदम सुनार दूताबासबाट अहिले कुनै पनि अवैधानिकहरुलाई घर पठाउन नसकेको जानकारी पाएपछि मानसिकरुपमा विक्षिप्त भएको बुझिएको छ । सोपश्चात् उनले बुधबार नजिकै रहेको तीन तले घरमा गई आत्महत्या गर्न खोज्दा सर्वसाधारणले देखी प्रहरी, बोम्बा बोलाई उद्धारको प्रयास भएको थियो । तर सो अवसरमा भाग्न खोज्ने क्रममा घरको छतमा चिप्लिएर उनी सिधै तल भुईंमा बजारिएका थिए । त्यहाँ सामान्य उपचारपश्चात् हस्पिटल लगिएको उनलाई हस्पिटल पुग्नासाथ डाक्टरले मृत घोषित गरेको थिए । हाल उनको शवलाई पोष्टमार्टमको लागि हस्पिटलमै राखिएको छ ।




भर्खरै