२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्न जरुरी छ : खेलकुद महासंघ



अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको छ । काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको हो । 

सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती सिर्जना गर्ने बताउनु भयो । पेट खालि राखेर खेलाडीहरुले खेल्न नसक्ने भन्दै उहाँले सम्मेलनले कुन खेलको विकास कसरी गर्ने, खेललाई कसरी औद्योगीकरण गर्ने, व्यवसायीकरण गर्ने र खेललाई कसरी पर्यटनको क्षेत्रसँग जोड्ने भन्ने कुरामा जोड दिएको बताउनु भयो । अध्यक्ष पौडेलले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्ने कुरा सम्मेलनमा छलफल भएको बताउनु भयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘नेपालका खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती बनाउँछौँ, नेपाललाई खेलकुदको माध्यमद्वारा माथि उठाउन चाहन्छौँ, त्यसका लागि यो खेल नीति सम्मेलन, यो ऐनको बारेमा मात्रै छलफल गरिरहेका छैनौँ, सरकारले ऐन जारी गरेको छ, एक वर्ष पुगेको छ, ४ वर्षपछि फेरि पुनरावलकोन गरौँला, हामी सम्पूर्ण खेल खेल नीतिको कुरा गरिरहेका छौँ । कुन खेलमा कसरी विकास गर्न सकिन्छ, र खेललाई औद्योगिकरण कसरी गर्ने भन्ने बारेमा, व्यवसायीकरण कसरी गर्न सकिन्छ भनेर खेलकुदको माध्यमबाट नेपालको जिडिपीमा कसरी अध्ययन गर्न सकिन्छ भनेर हामी केन्द्रिकृत छौँ ।

खेलकुद विश्वविद्यालय तत्काल स्थापन गर्न पहल गरिरहेका छौँ । अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर बृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।