२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी गेटको लागि बेलायतमा विद्यार्थीहरुबाट पाउण्ड १ संकलन



अ+ अ-

नोभेम्बर ९, लण्डन । बेलायतमा वकिङ्ग नगरको बिसप डेविड ब्राउन स्कूलका विद्यार्थीहरूले नेपालका विद्यार्थीहरूको लुम्बिनी गेट बनाउँन राखेको चासोमा ऐक्यबद्धता जनाउन ्ूखाजाबाट एक पाउण्ड्ू रकम संकलन गरे । स्मरण रहोस, लुम्बिनी नेपालस्थित बुद्ध आदर्श विद्यालयबाट नेपाल भारतको सिमानामा पर्यटकहरूलाई नेपाल पसेको अनुभूति दिने हेतुसाथ स्वागतद्वार बनाउन खाजाबाट रु १ अभियान २०६८ फल्गुण ११ मा सुरु भएको थियो ।

बिशप डेविड ब्राउन स्कूलको हलमा आयोजित यो कायक्रमलाई अभिवाबकहरूको तिहार(देउसी कार्यक्रमको सिलसिलामा समाहित गरिएको थियो । कार्यक्रमबाट १८० पाउण्ड संकलित भयो । संकलित रकम नेपाल पठाउन लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व समिति सल्लाहकार प्रोफेसर डा। कविताराम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्य कार्यक्रमका संयोजक १४ वर्षीय विद्यार्थी संदेश कंडेलका साथै वकिङ्ग नेपाली समाजका अध्यक्ष भगवान चामलिंग र प्रमूख अतिथि वकिंग सहरका मेयर एन रबर्टले संयुक्तरूपमा गरेका थिए । यस कार्यक्रमलाई अध्यक्ष चामलिंग र प्रमूख अतिथि मेयर एन रबर्टले मुक्त कण्ठले प्रशंसा गरे । प्रोफेसर डा। कविताराम श्रेष्ठले यस अघि, अस्ट्रेलिया साथै काठमाण्डौको स्वर्ण शिक्षा इंग्लिस स्कुल, गोकर्णेश्वर मा।वि।, युथ भिजन सेकेण्डरी स्कुल, सहयोगी उच्च मा।वि। र प्रिसियस नेशनल कलेजका विद्यार्थीहरूले समेत ऐक्यबद्धता जनाइ सकेका कुरा बताउनु भएको थियो । साथै वहाँले संकलित रकम स्वागतद्वार बानाउन प्रयाप्त न हुने पक्कै छ भन्दै थोरै भएपनि सीमाना जस्तो संवेदनशील ठाउँमा पर्यटकहरू यो नेपाल हो कि भारत भन्ने कुरामा दिग्भ्रमित भईरहेको अवान्छित स्थितिमा यो अपरिहार्य स्वागतद्वार बानाउन सरकारलाई उपयुक्त दबाब हुने कुरा स्पष्ट भएको बताउनु भयो । संकलित रकम आगामी डिसम्बर १, २०१३ मा हुने पाचौं लुम्बिनी कपिलवस्तु दिवसका दिन सरकारलाई हस्तारण गरिने कार्यक्रम रहेको प्रोफेसर डा। श्रेष्ठले बताउनुभयो ।