०४ डिसेम्वर, नर्वे, लुम्बिनी– कपिलवस्तु विश्व अभियान, राष्ट्रिय समिति नर्वेले अभियानको पाचौ वार्षिक उत्सवको सन्दर्भमा आगामी १० डिसेम्वर, २०१३ का दिन नर्वेको राजधानी ओस्लोमा २ वटा कार्यक्रम सम्पन्न गर्ने भएको छ ।ओस्लोमा नोवेल शान्ति पुरस्कार वितरण समारोहमा अन्तर्राष्ट्रिय अतिथिहरुको गरिमामय उपस्थितिको अवसर पारेर नेपालको लुम्बिनीमा इसा पुर्व ६२३ मा जन्मिनु भएका गौतम बुद्धको जन्मस्थल लुम्बिनी–कपिलवस्तु नेपालको प्रचार प्रसार विश्वस्तरमा गरिरहेको लुम्बिनी–कपिलवस्तु दिवस अभियानको ब्यानर तथा विश्व शान्तिका लागि बुद्धले दिएका महत्वपुर्ण उपदेशहरु सहितका प्लेकार्ड लिएर नोबेल शान्ति पुरस्कार वितरण गर्ने भवनको प्रवेशद्वार अगाडी उभिएर विश्व शान्तिका लागि ऎक्यवद्दता जाहेर गरिने भएको छ ।
साथै सोहि दिन अभियानले ओस्लो युनिभर्सिटीको अडिटोरियम सभा हलमा १६:३० देखि १८:३० सम्म अन्तरक्रिया कार्यक्रम तथा बुद्ध र लुम्बिनी सम्बन्धि डकुमेन्ट्री प्रदर्शन गर्ने भएको छ । कार्यक्रमका प्रमुख वक्ता अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य हुनु हुनेछ र अन्तरक्रिया नोर्वेजियन भाषामा उल्था गरिने जनाएको छ ।